हाम्रो बारेमा

radio-malika

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो ।

प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र विशिष्टताका आधारमा चित्रित छ । हिमालयका काखमा असंख्य बहुमूल्य जडीवुटी र वनस्पतिको उर्वरभूमि कर्णाली राज्यको हेपाह प्रवृति, गैरजिम्मेवार राजनीतिक नेतृत्व र उपर्युक्त विकास रणनीतिको अभावका कारण ओझेल परिरह्यो । प्राकृतिक मनोरम स्थल, खनिज सम्पदा र जल सम्पदाको सही उपयोग गर्न नसक्नाले कर्णालीका स्रोतहरु खेरमात्र गइरहेका छैनन् । कर्णालीलाई आज परनिर्भरतातर्फ धकेलिएको छ । राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्न सकिने कर्णालीलाई राज्यको ‘वोझ’ का रुपमा परिभाषित गरिएको छ ।

नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत भूभाग ओगटेको कर्णाली अञ्चलको इतिहासको प्रभाव क्षेत्र, सभ्यता र संस्कृतिलाई आधार वनाउदा यसको क्षेत्रफल अझ विशाल छ । आधुनिक राज्यको निर्माण र राज्यपुर्नसंरचनाको वहसमा यसलाई जोड्ने हो भने खस भाषा र संस्कृतिको प्रभाव रहेको क्षेत्रलाई समेट्न जरुरी छ । प्राकृतिक स्रोतले सम्पन्न कर्णाली राज्यको नीति, त्यसप्रतिको दृष्टिकोण र कमजोर संयन्त्रका कारण विपन्न बनाइएको छ । दसौ हजार मेघावाट जलविद्युतको भण्डार, असंख्य पर्यटकीय स्थल, वन र वनस्पति तथा वन्यजन्तुका संगम कर्णाली नेपालको एक सम्पन्न प्रदेशका रुपमा विकास गर्न धेरै दिन कुर्नु पर्दैन ।

सञ्चार माध्यामबाट सम्पन्न समाजका मानिसहरुले शिक्षा, प्रविधि, सूचना, अधिकारको वकालत तथा मनोरञ्जन लगायतका सुविधा उपयोग गरिरहेका छन् । सूचनाकै कमीले ग्रामीण क्षेत्रका नागरिकहरुले आफू र आफू बा“चेको परिवेशसम्म थाहा पाएका छैनन् । सत्य सञ्चारको अभावमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून तथा नियम र अधिकारबारे जानकारी लिन सकिरहेका छैनन् भने बहुभाषी, बहुजाती र अनेक खाले असमानतावीच गुजे्रको समाजको सम्वन्ध नकारात्मकतातिर ढल्कीरहेको छ र विभिन्न समस्या सृजना हुन थालेका छन् यस्तो अवस्थामा सामुदायिक सञ्चार माध्यमले स्थानीय परिवेश र आवश्यकता अनुसारका विषयवस्तु समेटेर कार्यक्रम बनाई प्रसारण गरेर समाजमा आउने नकारात्मक दुर्घटनालाई कम गर्न सक्छन् ।  तसर्थ, यही आकांक्षा पूर्तिका लागि मालिका सञ्चार सहकारी संस्था लिमिटेडको अगुवाइमा सामुदायिक रेडियो मालिका एफएमको सञ्चालनमा ल्याइएको हो ।

 

Welcome

photo

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो । प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र

Facebook